‘हैरान’ सिंगल चलचित्र घरमा


सेलिब्रेटी नेपाल काठमाडौँ
फ्राइडे रिलिज अन्तर्गत नेपाली चलचित्र ‘हैरान’ सोलो रिलिज भएको छ । पछिल्लो समय चलचित्र संघ र निर्माता संघको आन्दोलनको कारण उक्त डेटमा अन्य चलचित्रले आउने घोषणा गरेका थिएनन् भने घोषित चलचित्र पनि डेट सारेका थिए । तर वार्ता सफल भएपछी ‘हैरान’ मात्र रिलिज हुने एक्लो चलचित्र देखिएको छ ।

‘चलचित्र रिलिज हुदैछ, वार्ताको सफलतापछी एउटा आश थपिएको छ’ निर्माता तथा कलाकार गजित विष्टले बताए । चलचित्रको सार्वजनिक ट्रेलर , टिजर र गीतसंगीतले पाएको रेस्पोन्सले भने गजित उत्साहित छन् । उनले चलचित्रलाई तयार गर्न झन्डै दुई वर्ष लागेको बताए ।

‘हामीले चलचित्रको भिलेनको जुन चरित्र तयार पारेका थियौ , त्यसमा को फिट हुन्छ भनेर सोच्यौ अनि साउथ इण्डियाको केहि चलचित्रमा समेत काम गरिसकेका वशिमजी (मोहमद वशिम राजा) लाई ल्याएका हौ’ गजित कहिँ कतै सम्झौता नगरिएको बताए । वशिम पनि नेपाली चलचित्रमा काम गर्न पाउदा खुशी छन् । ‘मैले नेपाली चलचित्रमा काम गर्न पाए निकै खुशी लागेको छ’ वशिम भन्छन ‘साउथको फिल्ममा स्ट्रगल गरिरहेको छु , अब नेपाली चलचित्रबाट आउने रेस्पोन्सले मेरो निरन्तरतालाई प्रस्ट्याउछ ।’ उनले आफुले सक्दो मेहनत गरेको बताए । साथै चलचित्रमा सत्यराज आचार्य मुस्लिम समुदायको रोलमा छन् ।

कान्छा निर्देशक सौगात बिस्ट निर्देशित चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।