ज्ञान सुब्बाको ‘कती सम्झेँ’ मा दिक्पाल र क्रिस्टिनाको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

ज्ञान सुब्बाको स्वरमा रहेको ‘कती सम्झेँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन । दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो सुशिल न्यौपानेले सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।