गुस्ताखियां मा चर्चित सायर साहिर लुधियानवीको भूमिकामा अभिषेक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

संजयलीला भंसाली र प्रियंका चोपडाको बीचमा भएको गोप्य बैठकपछि भंसालीको आगामी चलचित्र ‘गुस्ताखियां’ मा चर्चित सायर साहिर लुधियानवीको भूमिकामा शाहरुख खानले भूमिका गर्ने अनुमान गरिएको थियो ।

तर अब भंसालीको आगामी प्रोजेक्टमा अभिषेक बच्चनले यो भूमिका निर्वाह गर्ने सुनिश्चित भएको छ । यो चलचित्रको तयारीका लागि अभिषेक कडा मिहिनेत गर्दैछन्, र साहिरका सायरी पढिरहेका छन् । उनले ‘मैं पल दो पल का शायर हुं’ र ‘कभी कभी मेरे दिल में’ जस्ता गीतबाट साहिरको चरित्रलाई बुझ्ने प्रयास गरिहेका छन् । चलचित्रमा साहिरको भूमिका निर्वाह गर्नका लागि अभिषेकले आफ्नो तौल १२ केजीसम्म कम गरेका छन् । बलिउडका कलाकार हरु क्यारेक्टर मा आफु लाइ ढाल्नको लागि कडा मेहनत गर्ने गर्दछन । यस मामलामा अमिर खान माहिर छन् हाल आयर अभिषेक पनि लागि परेका छन् ।