‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ पार्कर दिनेशलाइ लियर चलचित्र बन्ने घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

खोटांग जिल्ला हलेशी तुवाछुंग गाउँ पालिकामा २०४८ सालमा बुबा बिर्ख बहादुर सिंह र आमा रिता सुनारको कोख बाट जन्मिएका दिनेश सुनार हाल नेपाल शसस्त्र प्रहरी बल खेलकुद शाखामा रास्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर खेलाडीको रुपमा कार्यरत छन् । उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम लेखाई सकेका छन् । पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गरेर दुइ पटक रेकर्ड राखी सकेका छन् ।

राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को सर्टिफिकेटलाइ प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पुर्व आइ.जी.पी.सनत कुमार बस्नेतको हात बाट लिए । कार्यक्रममा पार्कर दिनेशलाइ प्रोत्साहन स्वरूप प्रभात पश्मिना उद्योगका संचालक अमरेन्द्र मण्डल र रन्जु रायमाझीको तर्फ बाट नगद एक लाख पनि प्रदान गरियो । उक्त कार्यक्रममा पार्करको बिषय बस्तुमा केन्द्रित रहेर चलचित्र निर्माणको घोषणा पनि गरियो । चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहनेछन । चलचित्र निर्देशक मिलन च्याम्सले उक्त निर्माणाधीन चलचित्रको लागि दश लाख बराबरको इक्युपमेन्ट सहयोग गर्ने घोषणा गरे । चलचित्रको अन्य टिम र कास्ट भने फाइनल हुन बाँकि रहेको छ ।

उनि आफ्नो कला कौशलताले देशको नाम चिनाउन लागि परेका छन् । उनि अब तेस्रो रेकर्डको तयारीमा रहेका छन् । आफ्नो कला र मेहनतले बिश्व सामु आफ्नो देश र आफ्नो नाम राख्न सफल भएका दिनेश भबिस्यमा यहि पार्कर क्षेत्रमा नै रहेर अझै ठुलो योगदान गर्ने योजनामा रहेकाछन् ।

कति लाइ पार्कर भनेको के हो भन्ने ज्ञान नहुन सक्छ । एक बिन्दु बाट अर्को बिन्दुमा जाँदा आइ पर्ने बाधा ब्यबधानलाई सामान्य मानिसले भन्दा फरक तरिकाले त्यो पार गर्नु लाइ पार्कर भनिन्छ । प्रतिभावान दिनेशलाई अझै अघि बढ्न हौसला र अन्य आइ पर्ने आबस्यकता हरु पुरा गर्नको लागि उद्योगी ब्यबसायी समाज सेवी तथा कलाप्रेमी अमरेन्द्र मण्डल लागि परि रहेका छन् ।