Celebrity-Nepal-You-Tube-Channel

‘गोरी भर्सेस गोर्खे’ मा नेपाल आइडलका तिन आइडलहरु एकै साथ

सेलिब्रेटी नेपाल काठमाडौँ

संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा गोरी भर्सेस गोर्खे बोलको गीत भिडियो सहित तयार भएको छ । ३ जना नेपाल आइडलका उत्कृस्ट प्रतियोगीको स्वर रहेको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । नेपाल आइडल प्रतियोगी सुरज थापा,सागर आले र राहुल बिस्वाशको स्वर रहेको गीतमा शब्द रमेश दाहालको रहेको छ।अस्ट्रेलियामा महँगो बजेटमा छायांकन गरिएको भिडियो केहि दिन पछि सार्बजनिक गरिने संगीतकार टिका दाहालले सेलिब्रेटी नेपाल लाई जानकारी गराए । भिडियोमा अस्ट्रेलियन चर्चित गायिका ब्रिजेट प्रोसलाई फिचर गराईएको छ । भिडियोमा अजय तामाङ,सरोज थापा,शिब बस्नेत र नर्बदा थापाको अभिनय रहेको छ । उक्त भिडियो अस्ट्रेलियामा बनेका अन्य नेपाली म्युजिक भिडियोहरु भन्दा फरक लोकेसन र हाइ बजेटमा निर्माण गरिएको छ । भिडियोलाइ जीवन रसाइलीले निर्देशन गरेका छन् ।
लिरिकल भिडियो

somersby Banner