‘गोपी’ शीर्ष कलाकार परिवर्तन बिपिनले रिप्लेस गरे खगेन्द्रलाई


सेलिब्रेटी नेपाल काठमाडौँ

छायांकनमा जानु भन्दा तिन दिन पहिले शिर्ष भूमिकामा रहेका अभिनेता खगेन्द्र लामिछानेले चलचित्र ‘गोपी’ छाडेका छन् । ‘गोपी’को शीर्ष भूमिकामा अनुबन्धन भएका खगेन्द्रले छाडे पछि सो भूमिकामा अब विपिन कार्कीले अभिनय गर्नेछन्। भदौ १ बाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र अब एक साता पश्चात फ्लोरमा जाने छ । केहि दिन अगाडी मात्र अभिनेत्री वर्षा शिवाकोटीले पनि चलचित्र छाडेकी तिइन। चलचित्रमा उनको सट्टा वर्षा राउतलाई अनुबन्ध गरिएको छ। चलचित्रमा बिपिन कार्की,वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ ।

चलचित्र निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन गर्दै खगेन्द्रले चलचित्र छाड्नुको कारण खुलाए। बैचारिक मत भेदका कारण खगेन्द्रले चलचित्र छाडेको बताईएको छ । चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् । चैत १५ गते सार्बजनिक प्रदर्शन गर्ने तयारी भइरहेको यस चलचित्रमा सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।