‘गोजीमा दाम छैन’ लाइ करोड भ्युज

सेलिब्रेटी नेपाल काठमाडौँ

माधब वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ मा समाबेश गीत ‘गोजीमा दाम छैन’ ले यु ट्युबमा करोड भ्युज पाउन सफल भएको छ । अगस्ट २० तारिखमा सार्बजनिक गरिएको गीतले सार्बजनिक भएको दुइ महिना नपुग्दै करोड भ्यु पाउन सफल भएको छ। गीत सफल हुनु भनेको चलचित्र सफल हुनलाइ धेरै नै सपोर्टी पुग्नु हो । पछिल्लो समय गीत संगीतका कारण चलचित्रले राम्रो व्यापार गर्न सफल भएका छन् । चलचित्रको सार्बजनिक ट्रेलर लाइ पनि दर्शकले मन पराएका छन् ।

चलचित्रको उक्त गीतमा राजन राज शिवाकोटीको संगीत रहेको छ भने गीतमा संगीतकार राजन संगै मेलिना राइ र गृष्मा शिवाकोटी स्वर रहेको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सन्दिप क्षेत्रि,आयुष्मान देशराज जोशी,परमिता राणा, रबिन्द्र झा,सुरक्षा पन्तलाइ फिचर गरिएको छ ।

हरिहर तिमल्सिनाको शब्द रहेको गीतको भिडियोलाइ प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । निरज कंडेलले डीओपी गरेको चलचित्रलाई नबराज उप्रेतीले छायांकन गरेका छन्। चलचित्रलाइ दिर्घ खड्काले सम्पादन गरेका हुन् । दिपेन्द्र के.खनालले निर्देशन गरेको चलचित्रमा आयुश्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप छेत्री, अर्पण थापा, शिशिर वान्ग्देल,माव्तसे गुरुङ, प्रियंका कार्की, परमिता राणा, सुरक्षा पन्त, सरिता गिरि, पुष्कर गुरुङको मुख्य भूमिका रहेको छ । प्रदिप भारद्वाजको लेखन रहेको चलचित्र कार्तिक १६ गते सार्बजनिक प्रदर्शनमा आउनेछ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३