‘ग्ल्यामर भनेको नाङ्गिनु होइन यहाँ गलत अर्थ लगाऊछन्’ मोडल तुलसा


सेलिब्रेटी नेपाल काठमाडौँ
म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन तुलसा कटुवाल । संखुवासभाको चैनपुरमा जन्मेर काठमाडौमा संघर्षरत तुलसाले अहिलेसम्म करिव दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले मान्यता जस्तै बिभिन्न खाले लोक,आधुनिक पप गीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

उनले दमन रुपाखेतीको निर्देशन रहेको तेली चलचित्र हाक्का हाक्कि मा पनि काम गरेकी छिन् । करिव ५ फिट चार इन्च उचाइ भएकी सुन्दर मोडल तुलसा कटुवाल हेर्दा जति राम्री देखिन्छन उनको बानी व्यहोरा पनि उस्तै नै छ । त्यसैले एकपटक उनको सम्पर्कमा आएको व्यक्ति उनीसँग नजिकिन्छन् । चर्चित गीत ‘साउनी मुसुक्कै पैसा भुसुक्कै’ गीतको भिडियो बाट अझ धेरै चर्चामा आएकी मोडल तुलसा भबिस्यमा कला क्षेत्रमा नै अघि बढ्दै जाने बताउछिन ।

‘ग्ल्यामर भनेको साधारण कुरा यो आजको समय भनेको ग्ल्यामरको हो ग्ल्यामर भनेको नाङ्गिनु होइन यहाँ गलत अर्थ लगाऊछन्’ उनि भन्छिन । ऐतिहासिक चलचित्रमा काम गर्ने चाहना रहेको बताउने तुलसा अहिले सम्म आफ्नो काम बाट सन्तुस्ट रहेको बताउछिन । अभिनयमा आउन र नाम कमाउन कुनै पनि सम्झौता नगर्ने तुलसा राम्रो कथा र राम्रो टिम बाट चलचित्रमा डेब्यु गर्ने सुरमा रहेकी छिन ।