‘गाजा बाजा’ प्रेस शो सम्पन्न रुचाईयो चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ

शुकबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गाजा बाजा’लाई प्रेस शोमा रुचाईएको छ । शनिबार सम्पन्न शोमा चलचित्र हेर्ने पत्रकारले तारिफ गर्दै हलबाट निक्लिए ।

चलचित्र हेर्ने सबैले चलचित्रको प्रस्तुति र कलाकारको अभिनयलाई रुचाए । नेपाली चलचित्र हेर्न हलसम्म नपुग्ने एक युवा जमातका ‘गाजा बाजा’ले पूर्ण मनोरंजन दिन सक्ने केहि पत्रकारले प्रतिक्रिया दिए । सुशील सिटौला र अनुपम शर्माको मुख्य भूमिका रहेको चलचित्रले गाँजा हन्टिङको एक दिनको कथा भन्छ ।

गणेशदेव पाण्डे निर्देशित चलचित्रमा सुशील र अनुपमका अलावा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।