फ्राईडे रिलिज अन्तर्गत ‘कहिँ कतै’ संग ‘टिनएज’


सेलिब्रेटी नेपाल काठमाडौँ
फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशकको रुपमा परिचित दिनेश पाख्रिनले निर्देशन गरेको चलचित्र ‘टिनएज’ शबिर श्रेष्ठ निर्देशित चलचित्र ‘कहिँ कतै’ र कमेडी चलचित्र ‘पिरिम पर्या छन्’ आज बाट प्रदर्शनमा आएका हुन् । चलचित्र ‘टिनएज’ शुक्रबार बाट देशभरका ६० भन्दा बढि चलचित्र घरबाट प्रर्दशन हुने बितरक सरोज शर्माले जानकारी दिए । चलचित्रमा प्रतिक्षा खड्का , नरेश बिर सिं , सरोज शाह , एन्जिला खड्गी , रेशम फिरीरी, कृष्ण कृष्ण सिवाकोटि , सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।

नव-कलाकार द्वय सिवानी गिरी र सोनम बरफुङ्गपा स्टारर चलचित्र ‘कहीँ कतै’ लाई बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीले निर्माण गरेकी हुन् । सिवानी र सोनमको यस चलचित्रमा जोडी बाँधिएको छ । सिक्किम प्रदर्शनमा दर्शकबाट सुखद प्रतिक्रिया पाएको चलचित्र ‘कहिँ कतै’ बाट नव-अभिनेता सोनम बरफुङ्गपा अब नेपाली चलचित्रमा नै आफ्नो भविष्य बनाउने सोचमा छन् ।

दीलिप रायमाझी, उमा बेबी गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहीँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।