पाँच बर्षको नानिले गाईन् यति मिठो गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् । काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच बर्षकी सानी नानि प्राप्ति तामांङले आफ्नो आवाजमा गीत रेकर्ड गरेकी छिन । नरहरि प्रेमीको संगीत र बिबेक तामांङको शब्दमा रहेको रास्ट्रिय गीतको रेकर्डिङ्ग राजधानीको अनामनगरमा रहेको ग्रीन टच स्टुडियोमा सम्पन्न भएको हो । सानी नानीको आवाजमा रहेको ‘देशको बिकाश गर्ने काम गरौँ नेपाली’ बोलको गीतले राष्ट्र निर्माण र रास्ट्रीयताको कुरा बोल्छ। गीतको भिडियो छिट्टै निर्माण गर्ने र सार्बजनिक गर्ने प्राप्तिका बुबा गीतकार बिबेकले बताएका छन् ।
गीत रेकर्डिङ्गको क्रममा सानी गायिका प्राप्ति संग गरिएको कुराकानी भिडियो हेर्नुहोस