फस्ट लभ अनुभव पुस्तकमा


first love book
(सेलिब्रेटी नेपाल) १९ जेठ-अजित बरालले सम्पादक गरेको पुस्तक फस्ट लभको शनिबार बिमोचन गरिएको छ ।

बरालसहित १० जना युवा युवतीको पहिलो प्रेमको अनुभव पुस्तकमा सँगालिएको छ । पुस्तकको बिमोचन कलाकारहरु हेमन्त राना, धर्मेन्द्र इन्दिरा जोशी, सुवानी मोक्तान र धर्मेन्द्र सेवानले संयुक्त रुपमा गरे ।

पुस्तकमा सम्पादक बरालसँगै ऋचा भट्टराई, सुविन भट्टराई, कुमार नगरकोटी, बिमल आरोही, सिवानी सिंह थारु, शोभा शर्मा, रामबहादुर तामाङ, लेनिन बञ्जाडेको र कमल नेपालीको पहिलो प्रेम अनुभव समेटिएको छ ।