आफ्नै चलचित्र हेर्दा टाउको दुख्छ सौगात मल्ल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यस वर्ष प्रदर्शनमा आएका सौगातका कुनै चलचित्रले पनि सफलताको स्वाद चाख्न पाएका छैनन सौगात चलचित्र ‘पञ्चेबाजा’ बाट आशावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘गाउँले कथामा फिल्म बनेको छ । म फरक भूमिका गर्न रुचाउने मान्छे । यो फिल्ममा पनि केही फरक गर्ने प्रयास गरेको छु ।’ ‘म आफुले खेलेको चलचित्र निर्माण युनिटले राम्रो बनाउदैनन त मेरो के दोष मेरै चलचित्र हेर्दा मेरो टाउको दुख्छ उनि भन्छन’ ।

बिहीवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले ‘पञ्चेबाजा’ आफ्नो वास्तविक जीवनसँग नजिक रहेको पनि बताए । ‘म थिएटर हुँदै चलचित्रमा प्रवेश गरेको हुँ । म स्क्रिप्ट पढ्दा खेरि नै उत्साहित थिएँ । सायद पहिलो पटक म थिएटर कलाकार भएरै चलचित्रमा प्रस्तुत भएको छु ।’ सौगात भन्छन् ।

निर्माता राजेश शाही ‘पञ्चेबाजा’ सफल हुनेमा विश्वस्त देखिन्छन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र जस्मिनका अलावा बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय रहेको छ ।

सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।