चलचित्र विकास बोर्डको १८ औं बार्षिक उत्सव सम्पन्न ! पंचायत र अग्निदहनलाइ बिसेष चलचित्र पुरस्कार


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र क्षेत्रको विकास, प्रबर्धन तथा संरक्षणका निमित्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वयत्तता दिदै वि.स.२०५७ सालमा सुचना तथा संचार मन्त्रालय मातहत रहनेगरि चलचित्र विकास बोर्डको स्थापना भएको हो ।

बोर्डले आफ्नो बार्षिक उत्सव समारोहका बीच आफ्ना भावि कार्य योजना समेत प्रस्तुत गरेको छ । जस अन्तर्गत नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गरी सक्ने लक्ष्य बोर्डले राखेको छ ।
यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागु हुन नसक्दा चलचित्र क्षेत्रले सोचे जस्तो उपलब्धी प्राप्त गर्न सकी रहेको छैन् । तसर्थ यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागु पर्ने बोर्डको तयारी छ । नेपालको पहिलो चलचित्र आमा र पहिलो रंगिन चलचित्र कुमारीलाई डिजिटलाइजेसन गरेसंगै पुनः प्रदर्शन गर्ने र तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १द्द वटा चलचित्रहरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । यस्तै नेपाललाई अन्र्तराष्ट्रिय सुटिङहवका रुपमा बिस्तार गर्न अन्र्तराष्ट्रियस्तरको. फिल्म सिटीसंगै काठमाण्डौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ ।

माननिय सुचना तथा संचार प्रविधि मन्त्री गोकूल बास्कोटाको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच २ वटा बिशेष चलचित्रलाई बोर्डले पुरस्कृत गरेको छ । शिवम् अधिकारी निर्देशित ‘पंचायत’ र घनश्याम लामिछानेद्धारा निर्देशित ‘अग्नीदहन’ रहेका छन् । यी २ चलचित्रले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैया पाउंनेछन् ।

चलचित्र विकास बोर्डमा अहिले प्रथम महिला अध्यक्षका रुपमा निकिता पौडेल छिन् । चलचित्र सम्बन्धी नै अध्यन गरी बोर्ड अध्यक्ष बन्न सफल भएकी पौडेल चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको पक्षमा प्रतिबद्ध भएर लागि रहेकी छिन् । बक्स अफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पराना चलचित्रहरुको डिजिटलाइजेसन जस्ता महत्वपुर्ण कामहरु आफुले आगामी अािर्थक बर्ष भैत्र सम्पन्न गरी सक्ने बताएकी छिन् ।