चलचित्र पत्रकारिता सम्मान र पुरस्कार घोषणा

सेलिब्रेटी नेपाल

काठमाडौँ: मिति २०७६ जेठ ०१ गते बुधवार बसेको संघको कार्यसमिती बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिदै आएको राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको छ । संघले यसबर्ष चलचित्र पत्रकारितामा लामो समयदेखी क्रियाशिल रहि अतुलनिय योगदान दिनुभएका दुईजना पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ । बैठकले चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको हो ।

यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै बैठकले संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते २०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा यी सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३