‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्माता अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक गरिएको छ । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पोष्टरमा कुनै पनि कलाकारको अनुहार देखाइएको छैन । निर्माता अर्जुन कुमारका अनुसार यो टिजर पोष्टर हो, पूर्ण पोष्टर केही समयपछि सार्वजनिक गरिनेछ । यो पोष्टरमा एकजना व्यक्ति फाटेको जुत्ता लगाएर उभिएका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्जुन पोखरेलको लगानी रहेको छ । पूर्णतया कमेडी कथामा तयार भएको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौराससिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।