फरक किसिमको फेसन शो आयोजना


सेलिब्रेटी नेपाल

काठमाडौँ: फेसन शो को इतिहासमै पहिलोपटक काठमाण्डौंमा फरक किसिमको फेसन शो आयोजना भएको छ । दरवारमार्गमा रहेको क्लव डेजाभुको ग्राउण्डदेखी माथीसम्म रन वे थियो । आयोजित उक्त शोमा बिगतमा जस्तो मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेनन्, यसपटक फरक–फरक पहिरनमा पुरुष, महिला तथा तेस्रो लिङ्गी मोडलहरुले उपस्थित दर्शक भएकै स्थानसम्म पुगेर प्रस्तुती देखाए ।

झण्डैं ४५ जना मोडलहरुको फेसन शो हेर्न लायक थियो । सुमन खड्का र सरिता श्रेष्ठको डिजाइनमा बनेको डे«स आकर्षक थिए । सुमन खड्का र रोहन श्रेष्ठको कोरियोग्राफी, सुशान्त काजी श्रेष्ठ इभेन्ट म्यानेजर रहेको शोलाई क्लव डेजाभु र सोन्या गुरुङले मिलेर आयोजना गरेका थिए । उक्त शोमा झण्डैं २ हजार दर्शकको उपस्थित थियो । कार्यक्रमको कन्सेप्ट पनि सोन्या गुरुङले नै गरेकी हुन् । उपस्थित दर्शकले सोन्याको उक्त मास्टरमाइण्डलाई खुलेर प्रशंसा गरेका थिए ।

र्याम्पमा अभिनेता नाजिर हुसेनले समेत प्रस्तुती देखाए । शेरप ग्यालजेनले मोडलहरुको संयोजन गरेका थिए । अफिसियल एसेसरिज एएनएक्स थियो भने वारड्रोव पार्टनरमा एनजिएफ, केडिए थियो भने ल्यासेज मेकअप स्टुडियोले मेकअपको संयोजन गरेको थियो । मिस पिंक २०१० की मेघ्ना लामाले उद्घोषण गरेको कार्यक्रमलाई अन्जली थापा, महेश्वरी, मेरीनाको विशेष सहयोग थियो ।