कलाकार संघको ‘फान अवार्ड २०७३’ चैत्र १६ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो ‘फान अवार्ड २०७३’ को औपचारीक घोषणा भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै संघले अवार्ड घोषणा गरेको हो । कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा कलाकारको उपस्थिति न्युन रहेको थियो । आजकल अवार्ड समारोह प्रतिको धारणा परिवर्तन भएको छ कुन अवार्ड कति बेला हुन्छन कस कसले पाउछन् भन्ने पनि पत्तो हुन छोडी सकेको छ । कलाकार संघको आयोजनामा हुने अवार्ड मा ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ । अवार्ड चैत्र १६ गते आर्मी अफिसर्स क्लबमा हुने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

अवार्डमा कथा, पटकथा, संवाद, नृत्य निर्देशक, द्वन्द्वनिर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायाँकार, नवनिर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, नवअभिनेत्री, नवअभिनेता, सहअभिनेत्री, सहअभिनेता, खलपात्र, हाँस्य कलाकार, अभिनेत्री, अभिनेता, चलचित्र र निर्देशक लगायत २४ विधा समावेश गरिएको छ ।