चलचित्र ‘एक्स्ट्रा माया’ फर्स्ट लुक सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘एक्स्ट्रा माया’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । असार ८ गते बाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक फर्स्ट लुक पोस्टरमा कलाकारलाई सस्पेनमा देखाइएको छ । यस अघि जेठ २५ गते प्रदर्शनमा आउने भनिएपछि चलचित्रको केही प्राविधिक काम नसकिएका कारण असार ८ गतेलाई सारिएको हो ।

चलचित्र ‘एक्स्ट्रा माया’ नयाँ विषयबस्तु प्रस्तुत गरिएको लव तथा कमेडी जनरामा निर्माण गरिएको छ । यस चलचित्रलाई कमल फुयाँल र कमल केआरले निर्माण गरेका हुन चलचित्रमा पछिल्लो समय युवायुवतीहरुले प्रेमलाई कुन रुपमा लिएका छन र कसरी प्रेम गरिरहेका छन भन्ने विषयबस्तुमा चलचित्र आधारित रहेको निर्देशक सोम कुस्कुमाझीले बताए ।

रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा चलचित्रको निर्माण गरिएको हो । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन । चलचित्रमा अर्जुन खडका, सनी सुनवार, सुस्मिता बुर्लाकोटी, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ । दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।