निर्वाचन आयोगले टीभी फिल्मीलाई कारबाही सुरु


(सेलिब्रेटी नेपाल) २६ कार्तिक-निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरुको प्रचार प्रसार गरेको भन्दै निर्वाचन आयोगले टीभी फिल्मीलाई कारबाही सुरु गरेको छ।
निर्वाचन आयोग मिडिया अनुगमन इकाइले दलको विशेष चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको र असन्तुलित समाचार दिएको उजुरीका आधारमा कारबाही सुरु गरेको हो।
tv-filmy-logo
आयोगले टेलिभिजनलाई पूर्व प्रसारित कार्यक्रमका डिजिटल कपी बुझाउन निर्देशन दिएको छ। असोज २३ गतेदेखि हालसम्म कुनै पनि दल, उम्मेदवार विशेषको सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रमको डिजिटल कपी बुझाएन आदेश दिएको हो।