चक्कर दुइ रुपैंयाको खेल करोडको ! ‘२ रुपैयाँ’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

जि ट्वान्टी वान प्रोडक्शन प्राली र ब्ल्याक हर्स प्रालीको संयुक्त निर्माण गरेको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । चर्चित गित ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ले दर्शकको काैतुहलता चुल्याइ सकेकोले ट्रेलरको पनि प्रतीक्षा थियो। सार्बजनिक ट्रेलर हेर्दा चलचित्र एक्सन र ग्यांग स्टार मुभी जस्तै लाग्छ चक्कर दुइ रुपैंयाको खेल करोडको यो डाईलगले नै चलचित्रमा बढी मार काट छ कि भन्ने अनुमान लगाउन सकिन्छ भाद्र २३ गते बाट सार्बजनिक प्रदशनमा आउने तयारीमा रहेको चलचित्र लाई अशिम शाहले निर्देशन गरेका हुन् । चलचित्रमा निश्चल बस्नेत,आसिफ शाह,बुद्दि तामांग,रबिन्द्र झा,मेनुका प्रधान लगाएतका कलाकारको मुख्य अभिनय रहेको छ । शिब राम श्रेष्ठले छायांकन गरेको चलचित्र लाइ लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।