‘ड्रिम गर्ल’ लोक फ्लेभरको गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

ऋषि राज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । फुल टिपेर बोलको लोक फ्लेभरको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ,विल्सन बिक्रम राइ र आश्मा गिरिलाइ फिचर गरिएको छ । ऋषि राज आचार्यको शब्द रहेको गीतको कोरियोग्राफी गम्भीर बिस्टले गरेका छन् ।

राहुल राइ र रामेश्वर हुमागाईंले खिचेको चलचित्रलाइ अर्जुन शर्मा, ऋषि राज आचार्य र रामेश्वर धितालले मिलेर बनाएका हुन् । नबिन निरौलाले सम्पादन गरेको चलचित्रमा आकाश श्रेष्ठ, विल्सन बिक्रम राई, आश्मा गिरि, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा,सुरबीर पण्डित, पूजा पराजुली , शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रुपा सुबेदी, सुशील पोखरेल, रश्मि भट्ट, कोपिला थापा, सशांक बोहोरा, दीपक आचार्यको मुख्य भूमिका रहेको छ चलचित्र असोज १९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।