ड्रिम गर्लको नृत्यले तात्यो तीज बिसेष कार्यक्रम


सेलिब्रेटी नेपाल
काठमाडौँ ।

असोज १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ड्रिम गर्ल’ ले प्रचार प्रशारलाई तीब्र बनाउँदै लगेको छ । साप्ताहिक रुपमा टिकटक म्युजीकल्ली च्यालेन्ज जारी राखेको चलचित्र निर्माण टिमले तीजको अबसरमा राजधानीको चावहिलस्थित चावहिल प्लाजामा आयोजीत तीज बिशेष कार्यक्रममा सहभागीता जनायो ।

कार्यक्रममा ड्रिम गर्ल अर्थात् अभिनेत्री आश्मा गिरी, पूजा पराजुलीलगायत चलचित्र टिमको सहभागीता रहेको थियो । कार्यक्रममा आश्मा र पूजाले आकर्षक नृत्यका साथमा आफ्नो चलचित्रकोे पब्लिसिटी गरेका थिए ।

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रमा आश्मा र पूजाका साथमा आकाश श्रेष्ठ, विल्सन बिक्रम राई, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक ऋषिराजका साथमा अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमासँग सहकार्य गरेको चलचित्रमा समाबेश तिम्रो माया हराउन र फुल टिपेर चढाएँ मैले बोलका गीत सार्बजनिक भई सकेका छन् ।