डाक्टर डिआरका दुई कृती, एल्बम र उपन्यास एकैसाथ


सेलिब्रेटी नेपाल काठमाडौँ

साहित्यकार डाक्टर डिआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम ‘प्रणय’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा सञ्चार मन्त्रिको प्रमुख्य आतिथ्यतामा दुई कृति सार्वजनिक भएका छन् । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधान , प्राध्यापक दिपक जंगम , गीतकार दिनेश अधिकारी , संगीतकार बुलु मुकारुङ , कानुनविद् तथा गीतकार डाक्टर भीमार्जुन आचार्य , सांसदहरु रामेश्वर राय यादव , सरिता गिरि , इन्दु शर्मा लगायतको उपस्थिति रहेको थियो । साथै डिआरका गुरु चण्डी काफ्लेले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए । पानसमा दिप प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा एल्बमका एकल संगीतकार सागर अधिकारी ’शरद’को पनि उपस्थिति रहेको थिए । एल्बममा ६ गीत संग्रहित छन् , जसमा स्वयम् संगीतकार सागरसँगै सत्यराज आचार्य , स्वरूपराज आचार्य , प्रमोद खरेल , राम चन्द्र काफ्ले , मेलिना राइ , मिलन अमात्य , सुरेश लामाको स्वर रहेको छ ।

एल्बममा कसले भन्छ , तिमि बिना , आउ नआउ , आफ्नै छायाँले , हाम्रो मधुर मिलन र चौबन्दी चोली लगायतका गीत संग्रहित छन् । डिआरले अतिरिक्त उपन्यास अगाडी नै अपवित्र छायाँ , विटुली , भाग्यचक्र , स्वार्थी , त्यागी र बज्रघातलाई प्रकाशित गरिसकेका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले सँचालन गरेका थिए , जहाँ एल्बममा समावेश गीतको भिडियो समेत देखाइएको थियो । एल्बममा समावेश पहिलो नम्बरको गीत कसले भन्छको भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने यसमा स्वयम् गीतकार डिआर देखिएका छन् । उनलाई अनु शाहले मोडलिङमा साथ् दिएकी छिन । गीतलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

डिआर उपाध्याय ( लेखनमा अगाडी बढ्ने प्रयास हो मेरो । सानै देखिको रहरलाई अगाडी बढाउदै आफुलाई यसमा योग्य बनाउदै अगाडी लग्दैछु । यसमा मैले सबै किसिमका गीतलाई समेट्ने प्रयास गरेको छु । मेरो शब्दले सबै किसिमका भावनालाई समेटछ भन्नेमा विश्वस्त छु । पुस्तक लेखन त अगाडी पनि थियो तर गीत लेखन भने पहिलो हो । यसका लागि मलाइ गुरु चण्डीले सुझाउनु भएको छ । साथै पुस्तक अतिरिक्त पनि बजारमा ल्याएको छु , अघिल्ला झैँ यसले माया पाउछ भन्नेमा विश्वत छु ।