‘दोषी को ? शिरफुल शिरैमा सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

सामिजिक बिषयमा निर्माण गरिएको ‘दोषी को ?’ चलचित्र को शिरफूल शिरैमा बोलको गीत सार्वजनीक गरिएको छ । निमा लामा तामाङकोनिर्देशनमा बनेको चलचित्रको गीत मेलिना राईले गाएकी हुन् । निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेका गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् ।

सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको चलचित्रमा पांच वटा गीत समाबेश छन् । त्यसमध्ये पहिलो गीत स्वरुप शिरफुल शिरैमा सार्वजनीक गरिएको निर्देशक निमाले बताएका छन् ।’दोषी को ?’ का गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपि अधिकारी र सन्तोष सुनामको शब्द छ ।