शनिबार दिवंगत भएकी निलुको बौद्धिक परम्परा अनुसार दाह संस्कार


सेलिब्रेटी नेपाल काठमाडौँ

शनिबार दिवंगत भएकी निर्देशक निलु डोमा शेर्पाको मंगलबार बौद्धिक परम्परा अनुसार अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंको स्वयम्भुमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका राखिएको थियो । नेपाली चलचित्र क्षेत्रका व्यक्तित्व उनलाई श्रद्धान्जली दिन स्वयम्भु पुगेका थिए ।

चलचित्र ‘हाउ फन्नी’ की निर्देशक डोमाले ‘सुनगाभा’ मा सह निर्देशक भई काम गरेकी थिइन् । दस वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय निलुले पुन्टे परेड नामक फिल्ममा अभिनयसमेत गरेकी थिइन्। केही समय टेलिभिजनमा कार्यक्रमसमेत चलाउने उनी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा रहेकी थिइन्। हृदयघातका कारण गएको शनिबार उनको मृत्यु भएको हो ।