निर्देशक र डिजाइनरको सहकार्यमा इक्यूमेन्ट हाउस संचालनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्देशक बसन्त निरौलाले राजधानी काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा ल्याएका छन् । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले मिलेर ‘सिने इक्यूमेन्ट हाउस’ खोलेका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकरण यो हाउसमा पाइने निर्देशक निरौलाले जानकारी दिए । उक्त इक्यूमेन्ट हाउसमा अहिलेको नेपाली चलचित्र निर्माणको लागि आबस्यक सम्पूर्ण इक्यूमेन्ट पाइने छ ।

पब्लिसिटी डिजाइनर विजय वस्यालको जन्मदिनको अवसरमा यो हाउस संचालनमा ल्याइएको हो । उक्त सिने इक्युमेन्ट हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नेपालमा चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापन मेकिङको क्रम बढेसँगै यस्ता खालका हाउसहरुको संचालन पनि बढेको छ । संचालक मध्येका एक बसन्त निरौलाले आफूहरुले ठुलो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए ।