दिपक सुनामको कथा बजारमा


Dipak-Sunam
(सेलिब्रेटी नेपाल) १८ भाद्र-सांगीतिक क्षेत्रको बजार ओरालो लागे पनि नव प्रवेशी गायक गायिकाको प्रवेशमा भने कमि आयको छैन। अर्का एक नव गायकले आफ्नो एल्बम ‘कथा’बजारमा ल्याएका छन्। झापा जिल्लामा जन्मिएका दिपक सुनामले ५ बर्षको सांगीतिक अध्यन पश्चात पहिलो एल्बम बजारमा ल्याएका हुन्। एल्बममा लोक,आधुनिक,पप,युगल तथा रास्ट्रीय भावना समेटिएको सबै खाले गीत समाबेश गरिएको छ। एल्बममा जम्मा ७ वटा गीत रहेका छन्। गायक दिपकले एक वटा गीतको म्युजिक भिडियो पनि तयार पारेका छन्। उक्त एल्बममा गायक आफ्नै संगीत र शब्द पनि रहेको छ। नयाँ गायक भए पनि मिडिया बाट राम्रो सपोर्ट र प्रतिक्रिया पाई राखेको छु आगामी दिनमा अझै राम्रो गर्ने छु दिपकले एक भेटमा बताए।