दिनेशले पर्खालमा उल्टो कुदेर गिनीज वर्ल्‍डमा राखे रेकर्ड


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालीहरु पनि विश्वमा नाम राख्नको लागि कम्ति छैन भन्ने कुरा धेरै पटक प्रमाणित भई सकेको छ । विश्व रेकर्ड गिनीज वर्ल्‍डमा विभिन्न विधाबाट नेपालका थुप्रैले आफ्नो किर्तिमान दर्ता गराई सकेका छन् । यसमा एक नाम थपिएको छ दिनेश सुनार उनले पार्करमा नयाँ रेकर्ड बनाएका हुन् ।

‘पार्कर दिनेश’ को नामले चिनिएका उनी एक नेपाली स्टन्ट म्यान, पार्कर एथलीट र पुलिस अफिसर हुन्। दिनेशले हालै ‘मोस्ट ट्विस्टिंग बैकफ्लिप्स अफ अ वाल इन वन मिनट’ को रेकर्ड बनाएका हुन् । २४ बर्षिय दिनेश वालमा सबै भन्दा बढी बैकफ्लिप गरेर आफ्नो रेकर्ड राखेका हुन् ।

काठमाडौँमा भएको एक समारोहमा उनले एक मिनेटमा १८ पटक फ्लिप्स गरेर यो रेकर्ड राखेका हुन् । दिनेशले यो रेकर्ड राख्न आफुले धेरै मेहनत गरेको बताए उनको गिनिज बुकमा रेकर्ड राख्ने सपना थियो त्यसका लागि उनले लामो समय देखि मेहनत गरे र सफल पनि भए । अहिले उनि अहिले पार्कर फ्रीरनिंग एसोसिएशन अफ नेपालका अध्यक्ष रहेका छन्। उनले थुप्रै नेपाली चलचित्रमा स्टन्ट गरेका छन् उनि नेपालको नाम राख्नको लागि आफु अझै मेहनत गरि रहेको र अन्य विधामा पनि वर्ल्ड रेकर्ड राख्ने तयारीमा छन् ।