धुर्मुस-सुन्तलीले बाँढे बाढीपीडितलाई राहत


सेलिब्रेटी नेपाल धनुषा

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन् । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन् ।

उनले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गरेका छन् । अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गरेका थिए । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गरे ।