धुर्मुस सुन्तलीको नमुना नेपालको लागि उपयुक्त स्थान ललितपुर


सेलिब्रेटी नेपाल काठमाडौँ

तिन वटा बस्ती सफलतापुर्वक सम्पन्न गरि पिडित स्थानिय हरुलाई हस्तान्तरण गरिसकेका हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरेको महत्वाकांक्षि योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको नजिकै पुगेका छन् । जग्गाको बिषयलाई लिएर चिन्तित बनेका धुर्मुस सुन्तलीले आफुले खोजेजस्तै जग्गा भेटेको बताएका छन् ।

उनले फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै सरकारले स्विकृती दिएमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने बताएका हुन् । जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बन भएको खुलाएका छन् । जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानियले फुल माला सहित स्वागत गदैं परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

उनले सामाजिक सञ्जालबाटै उक्त स्थानिय बासीले दिएको सहमति पत्र नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विार गर्नेमा आफु विश्वस्त रहेको समेत खुलाए । सरकारले स्विकृती दिएको खण्डमा आफुहरु सबै प्रकृया मिलाएर तुरुन्त काम सुरु गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने समेत उनले बताए । सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल बिश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतीक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईनेछ ।