सामाजिक संजालमा भाइरल भएका ध्रुब बिक पहिलोपटक मिडियामा


सेलिब्रेटी नेपाल काठमाडौँ

छोटो समयमा नै सामाजिक संजालमा भाइरल भएका ध्रुब बिक पहिलोपटक मिडियामा देखिएका छन। पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले सामाजिक संजालको माध्यमबाट छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन। यसको पछिल्लो उदाहरण हुन् बाजुराका ध्रुब बिक।

ध्रुब बिक भगवानले दिएको अमुल्य आवाजलाई विश्वसामु पुर्याउन सामर्थ्य राख्ने सहयोगी मनहरुको अभावमा विकट गाउँको खोलानाला, चट्टान अनि सुस्केराहरुमा मात्र आवाज परिचित गराउन सिमित रहेको अवस्थामा पिएनपिखबर डट कमको टिम प्रदेश नम्बर ७ को अति विकट जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा पुगेर उनको प्रतिभालाई विश्वसामु चिनाउन एउटा सानो प्रयास गरेको छ। कक्षा ७ मा एक सरकारी विद्यालयमा अध्ययनरत उनको आर्थिक अवस्था समेत अति नै नाजुक छ।

शालीन स्वभाव अनि जादुमयी आवाजका धनी बाजुराका ध्रुब बिक सामाजिक संजालमा भाइरल त भैरहेका छन तर पर्याप्त मात्रामा मिडिया प्रचार हुन नसक्दा उनको अद्भुद प्रतिभा गाउँमा मात्र सिमित रहने हो कि भन्ने डर जोसुकैलाई हुन सक्छ। अशोक दर्जीजस्ता प्रतिभाले अवसर पाएर सफलताको शिखर चुम्न सक्छन भने ध्रुब बिकले किन नपाउने ? यसको लागि हरेक नेपालीको साथ र सहयोग भने पक्कै हुनुपर्छ।

एक सार्वजनिक कार्यक्रममा ध्रुब बिकले गीत गाउँदा उनको जादुमयी आवाज सुनेर सबै छक्क परेका थिए। उनले गीत गाएको भिडियोलाई क्षणभरमा नै करोडौ मानिसले मन पराए। अशोक दर्जीको घर राजधानीबाट नजिकै थियो त सबै मिडिया उनको घरसम्मै पुगेर भएपनि उनको प्रतिभालाई विश्वसामु चिनाउन सफल भए। ध्रुब बिकको घर राजधानीबाट धेरै टाढा छ को पुग्ने बाजुरासम्म ? कसले काठमाडौँसम्म ल्याउने उनको प्रतिभालाई ?

ध्रुब बिकको मन्त्रमुग्ध पार्ने स्वर सुनेर जोकोही पनि अचम्ममा पर्नुहुन्छ। उनको स्वर हस्ती मानिएका कुनै बाल कलाकारको भन्दा कम्तिको छैन । ओझेलमा परेका हरेक प्रतिभाले समान अवसर पाउनुपर्छ। अशोक दर्जीले जसरी अहिले सफलताको शिखर चुमिरहेका छन् अब समाजमा ओझेलमा परिरहेका ध्रुब बिक जस्ता प्रतिभालाई शहरसम्म ल्याई सफलताको पथमा अगाडी बढाउनु तपाई हाम्रो जिम्मेवारी हो।

बाजुरा जिल्लामा जन्मिएका स्वरका धनी धुर्ब्र बि.क पारिवारिक स्थिति समेत अत्यन्त नाजुक छ । पढाई खर्च जुटाउनकै लागि उनी कार्यक्रममा आफ्नो सुमधुर आवाज दर्शकसमक्ष पुर्याउने गर्छन। अशोक दर्जीजस्तै आफ्नो अमुल्य प्रतिभा सबैमाझ प्रस्तुत गर्दै सफलताको शिखर चुम्ने पालो अब ध्रुब बिकको।