‘देश खोज्दै जाँदा’को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

भुटानी शरणार्थी कथामा बनेको चलचित्र ‘देश खोज्दै जाँदा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रममा सार्वजनिक गरिएको सो ट्रेलरमा दुई दशकदेखि नेपालमा रहेका भुटानी शरणार्थी स्वदेश फर्कने क्रममा भारतको सीमामा भएको अवरोध लगायतका दृश्य देखाइएको छ ।

आउँदो भदौ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘देश खोज्दै जाँदा’मा भुटानी शरणार्थीहरु गर्ने आन्दोलन, उनीहरुको दुःख आदि कुराहरुलाई मुख्य रुपमा देखाइनेछ ।

सो चलचित्रमा भुटानी शरणार्थीको वास्तविक जीवनलाई उतारेको निर्देशक प्रकाश आङदेम्बेको दाबी छ । वीरेन्द्र क्षेत्रीको लगानीमा बनेको सो चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की लगायतको अभिनय छ।