दयाको भैरे संग ‘बेवीआइ लभ यू’ जुध्ने

सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बेवीआइ लभ यू’ को प्रदर्शन मिति सार्बजनिक गरिएको छ । चलचित्र जेठ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । यो चलचित्र अब दयाहाङ राईको ‘भैरे’ सँग जुध्ने निश्चित भएको छ । शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवीआइ लभ यु’मा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, राजु कमेडी,रेशम बुढाथोकी लगाएत कलाकार निर्मल शर्मा लगायतको मुख्य भुमिका रहेको छ ।

चलचित्रको कथा र संगीत सन्तोष खड्गीले तयार पारेका हुन् । सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको चलचित्रले युवा दर्शकलाई हलमा आकर्षण गर्ने निर्माता शिव न्यौपाने बताउँछन् । चलचित्रको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । अलिक समय पहिले सार्बजनिक भएको गीतले दर्शक श्रोताको साथ पाई सकेको छ ।