दर्शकको साथ पाउदै ‘लाल्टिन’


सेलिब्रेटी नेपाल काठमाडौँ

जेष्ठ २६ गते सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘लाल्टिन’ले शनिबार उत्साहजनक ब्यापार गरेको छ । निकै प्रचारप्रसारका साथ प्रर्दशनमा आएको चलचित्रले शुक्रबारबाट नै आक्रामक ब्यापार सुरु गरेको थियो । निर्माता तथा कलाकार भानु प्रतापका अनुसार चलचित्रको माउथ पब्लिसिटीले अझै दर्शक बढ्दै जाने छन् ।

शुक्रबार र शनिबार दर्शकले राम्रो प्रतिक्रिया दिएको कारण आइतबारबाट अझै दर्शकहरु हल आउने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।