‘डमरुको डण्डीबियो’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘डमरुको डण्डीबियो’ ट्रेलर सार्वजनिक गरिएको छ वर्ष २०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र लाइ अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै समेटिएको छ । मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो चलचित्र स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको चलचित्रलाई हरी हुमागाइँले खिचेका हुन् ।