‘डमरुको डन्डीबियो’ नेपाल संगै अस्ट्रेलिया रिलिज हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

बैशाख २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि चलचित्र युनिट यसै साता राजधानी फर्किएको हो । चलचित्रको प्रचार प्रसार अब राजधानी केन्द्रित हुनेछ। मोफसल प्रचारमा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली रहेको थियो । डमरुको डन्डीबियो टोली अब राजधानीको प्रचार प्रचारमा केन्द्रित हुनेछ ।

समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय रहेको छ । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र बैशाख २१ अल नेपाल रिलिज संगै अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । निर्माण युनिटका अनुसार अस्ट्रेलिया पछि विश्वका अन्य देश हरुमा पनि रिलिज गर्ने तयारी भईरहेको छ ।