‘कर्पोरेट क्वीन २०१८’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ”कर्पोरेट क्वीन २०१८ ” हुने भएको छ। आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौमा सोमबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो। कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र नोभेम्बर १९ र २० मा पोखरामा हुने आयोजकले जानकारी दिएका हुन ।

काठमाडौको लागी अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ। अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखी कर्पोरेट कल्चरल सहित मुख्य ४ विधा (एथिक्स ,डिजाइनर,कर्पोरेट ,क्याजुवल) मा प्रशिक्षण दिईने र यस्तो ग्रुमिंग खालको ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ।

बन्द प्रशिक्षण पोखरा र काठमाडौमागरी नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ भने यसमा कर्पोरेट देखि विभिन्न तहका ब्यक्त्तिवहरुले प्रशिक्षण दिनेछन ।
कार्यक्रमको फाइनल डिसेम्बर ८ अर्थात् मङ्सिर २२ गते रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुने र बिजेताले नगद रु ७५ हजार फस्ट रनरअपले नगद रु ५० हजार र सेकेण्ड रनरअपले नगद रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ”सिड्नी फेशननिष्टा १०१९” मा” सहभागी हुन पाउनेपनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिए ।