भरपुर कमेडी ‘पिरिम पर्या छन्’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको हो । झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्र बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको चलचित्रमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् । यसअघि कमेडी चलचित्र कान्छी मट्याङ ट्याङ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे चलचित्र ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् ।