कमेडी र सस्पेन्सले भरिएको ‘कुम्भ करण’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी जनरामा बनेको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलरमा कमेडी र सस्पेन्सलाई प्राथमिकता दीइएको छ । दिपक ओली निर्देशित चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापाको मुख्य भूमिका रहेको छ ट्रेलर बाट चलचित्रको कथा एक स्कुले शिक्षिकाको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका निर्माता चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेत हुन् । भने सहनिर्मातामा गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ छन् । त्यस्तै कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल रहेका छन् । असार २२ गते रिलिज हुने ‘कुम्भ करण’मा महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको छ ।