हँसाउनको लागि आयो ‘जेटी डन’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय प्रविधिको विकाससँगै बिभिन्न संचार माध्यमको पनि बिकाश भएको छ । त्यसरी बिकाश भएको मध्ये एक युट्युव पनि हो । युट्युवमा अहिले समाचार पढ्नेदेखि मनोरन्जनका बिभिन्न गतिबिधि टेलिचलचित्र ,चलचित्र, गीत संगीतलगायत सबै देख्न सकिन्छ । यसै क्रममा युटुबका दर्शकहरुलाई मध्य नजर गरेर बसन्त पोख्रेल एण्ड टिमले धारावाहीक वेभ सिरिज ‘जेटी डन’ निर्माण गरेको छ । पारिवारीक हाँस्य कथाबस्तुमा निर्माण गरिएको वेभ सिरिज ५२ भागसम्म जाने लेखक तथा निर्देशक पोख्रेलले बताए ।

श्रीमतीसँग निकै डराउने एउटा युवा र दैनिक आफ्नो कामले गर्दा प्रेमको स्वाद चाख्न नपाएका अर्का युवाको समस्यामा आधारित यो सिरिज ‘जेटी डन’मा गौतम राज खड्काको भिएफएक्स र सम्पादन रहेकोछ । सिरिजमा डिबि बम्जन, रुपा लामा, अर्जुन देब खड्का, सोनी खड्का, गंगा गदाल, रमेश राई, राम श्रेष्ठ र जय श्रेष्ठ लगायत कलाकारले अभिनय देख्न सकिन्छ।