कमेडी चलचित्र हुर्रेको फर्स्ट लुक सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी जनारको चलचित्र ‘हुर्रे’ को फस्टलुक सार्वजनिक गरिएको छ । फर्स्ट लुकको रुपमा निर्माण युनिटले पहिलो पोष्टर आउट गरेको छ । पोष्टरमा चलचित्र भित्र अभिनय गरेका कलाकार अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् ।

यम थापाको लेखन तथा निर्देशनमा बनेको चलचित्र दावा शेर्पा ‘शेट्टी’को प्रस्तुतिमा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानीमा निर्माण भएको हो । चलचित्र फागुन २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।