फुल कमेडी ‘चंगा चेट’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘चंगा चेट’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो कमेडी जनरामा बनेको चलचित्रलाइ दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।

सार्बजनिक ट्रेलरमा चलचित्रका सबै कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री,माओत्से गुरुङ र शिशिर बाङदेललाइ फोकस गरिएको छ ।

‘चङ्गा चेट’ले केहि समय अगाडि ‘गोजीमा दाम छैन’बोलको गीत सार्वजनिक गरिसकेको छ । जुन गीत हिट भई सकेको छ । त्यो संगै चलचित्रको दोस्रो गीत ‘ढल्की ढल्की’ सार्बजनिक भई सकेको ।

कात्तिक १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रको कथा प्रदीप भारद्वाजको लेखेका हुन । चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अथिति भुमिकामा प्रस्तुत भएका छन् ।