चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको घोषणा


काठमाडौं। निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको घोषणा गरेका छन् ।

आफू निर्देशित तथा निर्मित चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋषिराजले एकसाथ यी दुई चलचित्रको घोषणा गरेका हुन्। दुबै चलचित्रलाई आफूले नै निर्देशन गर्ने उनले बताए । 

ऋषिराजका अनुसार दक्षिण भारतको रिल एण्ड रियल सिनेमासंगको सहकार्यमा यी दुई नयाँ चलचित्र निर्माण गर्न लागिएको हो । उनले कलाकार तथा प्राविधिक भने खुलाएनन् ।

हाल चलचित्र लेखनको चरणमा रहेको बताउँदै स्क्रिप्ट लेखन सकिएपछि मात्र कलाकार छनौट गरिने जनाए । यी नयाँ चलचित्रको घोषणा अहिले भएपनि ‘ड्रिम गर्ल’ रिलिजपछि मात्र फ्लोरमा जाने निर्देशक आचार्यले जानकारी दिएका छन्।

ʻड्रिम गर्लʼ मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।