चितवनका ३ वटा सामुदायिक टेलिभिजन बन्द



(सेलिब्रेटी नेपाल) ३ बैशाख-चितवनका ३ वटा सामुदायिक टेलिभिजनहरु बन्द भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य तथा प्रसारण शाखाले केवुलबाट प्रसारण अनुमति नलीई प्रसारण भईरहेका टेलिभिजनलाई प्रसारण बन्द गर्न चित्रवन यूनिक केवुललाई पत्राचार गरेपछि टेलिभिजन बन्द गराईएको हो । सोमबार जिल्ला प्रशासन कार्यलय चितवनले चित्रवन युनिक केबुललाइ इजाजत प्राप्त नगरेका टेलिभिजनलाई तत्काल बन्द गर्न आदेश दिएको थियो । बन्द भएका टेलिभिजन हरुमा क्रिष्टल , नमस्ते र अभियान छन् ।

यसैविच सुचना तथा सञ्चार मन्त्रालयमा यसअघि चितवन जिल्लामा सञ्चालित टेलिभिजनहरुले भूसतही माध्यमबाट मात्र प्रसारण अनुमति प्राप्त गरेपनि केवलबाट प्रसारण भइरहेको अनाधीकृत भएको भनी उजुरी परेको थियो । चितवनमा प्रसारण भइरहेको सामुदायिक विकास तथा सञ्चार अभियान नेपालद्धारा सञ्चालित बेसो च्यानलले भने पुरानो संस्था र भूसतही प्रबिधिको प्रसारण इजाजत खारेज गरी एकता सञ्चार नेपाल प्राली नयाँ संस्थाको नामबाट बेसो टेलिभिजन चित्रवन यूनिक केवलबाट सञ्चालनको लागि इजाजत लिएको छ । चितवनमा सञ्चालनमा आएका अन्य टेलिभिजनहरुले भने चित्रवन यूनिक केवलबाट प्रसारण अनुमति पाएका छैनन् ।