बहुप्रति प्रथामाथि बनेको ‘छिरिङ’ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को दोश्रो गीत ‘तिमीले त मायामा…’ सार्बजनिक गरिएको छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीतमा आवाजमा गायिका विन्दु परियारले साथ दिएकि छिन । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्यांकन गरिएको छ ।

कागबेनी रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशले यम थापासँग मिलेर लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गते बाट सार्बजनिक प्रदर्शन हुँदैछ ।