‘चि मुसी चि’ शिर्ष गीत सार्बजनिक ! नम्रताले मर्काइन कम्मर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

श्रावण ११ गते रिलीज हुने चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत सार्बजनिक गरिएको छ । मंगलवार यू ट्युब मार्फत उक्त गीत सार्बजनिक गरिएको हो । सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेकी छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् । गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् ।