राजधानीका विभिन्न स्थानमा ‘छक्का पन्जा ३’को कन्सर्ट


काठमाडौं। केही दिन अघि ‘छक्का पन्जा ३, घटस्थापनाको दिन’ बोलको प्रचार सामाग्री ल्याएको चलचित्र ‘छक्का पन्जा ३’ यूनिट यतिबेला कन्सर्टमा व्यस्त छ ।

तस्वीरः दीपाश्री निरौलाको फेसबुकबाट

असोज २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले प्रचारप्रसारलाई तिव्र बनाउँदै काठमाडौंका विभिन्न स्थानमा कन्सर्ट आयोजना गरेको हो। गत बिहीबारदेखी चलचित्रले कन्सर्ट शुरु गरेको हो । कन्सर्टमा चलचित्रको मुख्य कलाकारहरु सहभागी छन् ।

चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, दीपिका प्रसाइँ लगायत कन्सर्टमा सहभागी भई चलचित्रका बारेमा जानकारी दिएका छन् । कोटेश्वर, बालाजु, चावहिल, बानेश्वर लगायतका स्थानहरुमा चलचित्र यूनिटले कन्सर्ट गरिसकेको छ । कन्सर्टमा सहभागी दर्शक चलचित्र हेर्न उत्साहित देखिएको निर्देशक दीपाश्री बताउँछिन् ।

‘हामीले चलचित्र कहिले आउँछ भनेर सोध्नै पर्दैन, दर्शकहरु चलचित्र हेर्न निकै उत्साहित हुनुहुन्छ । त्यसले पनि हामीलाई उत्साह थपिएको छ’– सेलिब्रेटी नेपालसंगको कुराकानीमा दीपाश्रीले भनिन् । चलचित्रमा समावेश गीत ‘पहिलो नम्बरमा’ करोड क्लवमा प्रवेश गरिसकेको छ ।