चेतन,अर्जुन र नारायणको ‘जय माया प्रेम’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ’जय मायाप्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न भिकारीको एकल शब्द , चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो । वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको एल्बममा चार गीत समावेश छन् ।

‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा निकेश खड्का , तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । गीतहरुमा प्रियंका कार्की , बेनिशा हमाल , सुष्मा अधिकारी , सोनु घर्तिसँगै अर्जुन , नारायण र चेतनले समेत अभिनय गरेका छन् । तिन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएकोछ , जसलाई सुदीप बरालले छायाँकन गरेका छन् ।

एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमस बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।