डिट्ठाको ‘चङ्गा’ पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ २५ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘चङ्गा’ को पहिलो गीत सार्बजनिक गरिएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले चलचित्रमा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत र शब्द राजेन्द्र थापाको शब्द रहेको छ । चलचित्रमा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको रहेको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई चलचित्रको कथा र परिवेश सुहाउँदो भनेका छन् ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन् । चलचित्रमा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे रहेका छन् ।